scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

रोनाल्डो र मेसीलाई पछि पार्दै फेडेरर बने सबैभन्दा बढी कमाउने खेलाडी

न्युयोर्क, १७ जेठ । रोजर फेडेरर सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्ष स्थानमा पर्न सफल भएका छन् । फोर्ब्सले शुक्रबार निकालेको सर्वाधिक कमाउने खेलाडी सूचीमा उनी पहिलो पल्ट नम्बर १ मा पर्न सफल भएका हुन् ।

यो वर्ष उनले कर तिर्नु अगाडि कमाएको रकम १० करोड ६३ लाख अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । स्विस खेलाडी फेडेरर विश्व टेनिसका लेजेन्ड मानिन्छन् । उनले कीर्तिमान २० ग्रान्ड स्लाम जितिसकेका छन् ।

फेडेरर सन् १९९० मा विश्व टेनिसमा प्रवेश गरेका थिए । सन् २०१५ मा सर्वाधिक कमाउने सूचीको पाँचौं स्थानमा पर्न सफल उनी पछिल्लो १२ महिनामा प्रायोजक र पुरस्कार राशिबाट यति धेरै रकम कमाएका हुन् ।

फेडेररलाई पछ्याउँदै पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनले १०५ मिलियन अमेरिकी डलर कमाउन सफल भएका हुन् ।

रोनाल्डोलाई पछ्याउँदै बार्सिलोना स्टार लियोनल मेसी १०४ मिलियन अमेरिकी डलर कमाउँदै तेस्रो स्थानमा परेका छन् । नेइमार ९५.५ मिलियन अमेरिकी डलरसहित चौथो स्थानमा रहेका छन् ।

उता, अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स ८८.२ मिलियन अमेरिकी डलर कमाइसहित पाँचौं स्थानमा पर्न सफल भएका छन् ।

यो सूचिमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पनि पर्न सफल भएका छन् । उनी ६६औं स्थानमा रहेका छन् ।

महिलामा भने जापानको टेनिस स्टार नाओमी ओसाका संसारमा सबैभन्दा बढी कमाउने खेलाडी बनेकी छिन् । उनले गत वर्ष ३७.४ मिलियन डलर कमाएकी थिइन् । ओसाकाले ४ वर्षदेखि यो सूचिमा उत्कृष्टमा पर्न सफल अमेरिकी सेरेना विलियम्सलाई पछाडि पार्दै सफलता रचेकी हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय