scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

ब्राजिलमा एक दिनमा ११२४ जनाको मृत्यू, स्पेनलाई पछि छोड्यो

रियो दि जेनेरियो, १७ जेठ । ब्राजिलमा कोरोना महामारीका कारण मृत्यू हुनेको संख्या २७ हजार ९४४ पुगेको छ । स्पेनमा यो संख्या २७ हजार १२१ रहेको छ । ब्राजिलमा एकैदिन १ हजार १२४ जनाले जीवन गुमाएका छन् ।

ब्राजिल अमेरिकापछि दोस्रो सबैभन्दा बढी धेरै संक्रमित मुलुक पनि बनेको छ । ब्राजिलमा शनिबार बिहानसम्म ४ लाख ६८ हजार ३३८ जना संक्रमित भएका छन् । त्यहाँ १ लाख ९३ हजार १८१ जना निको भएका छन् भने २ लाख ४७ हजार २१३ जना अस्पतालमै छन् जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय