scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

भारतमा ११ वर्षयता कै न्यून आर्थिक वृद्धिदर हुने आंकलन

नयाँ दिल्ली, १७ जेठ । भारतमा ११ वर्ष यताकै आर्थिक विकास दर कम हुने आंकलन गरिएको छ । भारत सरकारले सार्वजनि गरेको तथ्यांक अनुसार मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने जनाएको छ । मुलुकको घरेलु उत्पाद वा कुल ग्राहस्थ उत्पादन ११ वर्षकै कम हुने भारतीय अर्थ मन्त्रालयले जनाएको छ ।

भारतको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर गत आर्थिक वर्ष २०१९-२० को चौमासिकमा घटेर ३.१ प्रतिशत पुगेको थियो । कोरोना महामारीका कारण भारतमा मार्च २५ देखि लकडाउन घोषणा गरिएको छ ।

वित्त मन्त्रालयले आर्थिक वर्ष २०१९-२० मा आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान गरेको छ । यो गत आर्थिक वर्षमा ६.१ प्रतिशत थियो ।

लकडाउनका कारण संसाभरमै आर्थिक गतिविधि सुस्त भएको छ । यसको असर भारतीय अर्थव्यवस्थामा परेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय