scheduleआइतवार आश्विन ११ गते, २०७७

डेनमार्कमा बन्यो कोरोना परीक्षण गर्ने रोबोट, आफैं गर्न स्वाब परीक्षण

कोपेनहेगन, १७ जेठ । संसारमा कोरोना संक्रमित हुनेको संख्या ६० लाख नाघिसकेका छन् । साढे तीन लाखभन्दा बढी मानिसको मृत्यू भइसकेको छ ।

यहीक्रममा संसारभर कोरोना भाइरसविरुद्ध अनुसन्धानहरु भइरहेका छन् । डेनमार्कमा भने एक वैज्ञानिकले एउटा यस्तो रोबोट बनाएका छन्, उनले आफैं परीक्षणका लागि स्याब संकलन गर्छ, त्यसलाई सुरक्षित राख्न पनि सक्छ ।

यसको प्रयोगबाट स्वाब लिनेक्रममा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या घटाउँछ । रोबोटलाई युनिभर्सिटी अफ सदर्न डेनमार्कले बनाएको हो । यो कोरोना परीक्षणका लागि बनाइएको संसारको पहिलो स्वचालित रोबोट हो ।

यसलाई बनाउने प्रोफेसर थियुसियुस रजीन सवारीमुथु भन्छन्, ‘सबैभन्दा पहिला आफ्नो परीक्षण गरेँ । जब रोबोटले सजिलै गलामा त्यहाँ स्वाब पुर्‍यायो जहाँ पुर्‍याउनुपर्छ । यो ठूलो सफलता हो ।’

यसलाई करिब एक महिनामा १० जनाको टिमले मेहनत गरेर बनाइएको हो । अहिले नमूना संकलन गर्न स्वास्थ्यकर्मीले पीपीई किट लगाउने गरेका छन् । यस्ता पीपीईलाई पुनः प्रयोग गर्न सकिन्नँ । त्यसैले स्वास्थ्यकर्मीले कम्तिमा ८/९ घण्टासम्म लगाइरहनुपर्ने हुन्छ । यस्तो अवस्थामा रोबोटले काम गर्नेछ ।

बिरामीले यो रोबोट अगाडि बसेर मुख खोल्नुपर्छ र रोबोटले उसको मुखमा स्वाब राख्छ । नमूना संकलन गरेर टेस्ट ट्युबमा राखेर प्याक गर्छ । स्वाब संकलन सामान्य काम भएपनि कोरोना संक्रमण डर हुन्छ ।

रोबोटको कारण यो जोखिम कम हुन्छ । थ्री-डी प्रिन्टरबाट बनेको यस्तो रोबोटको आमरुपमा प्रयोग जुनबाट सुरु हुने सम्भावना छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय