scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने

ललितपुर, १७ जेठ । गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वारेन्टिन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ ।

यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वारेन्टिन व्यवस्था गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय