scheduleमगलवार आषाढ़ ३० गते, २०७७

विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत सङ्कलन शुरु

काठमाडाैं, १७ जेठ । काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरिका बासिन्दाको लगत सङ्कलन कार्य शुरु गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत सङ्कलन कार्य शुरु गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन नदिन लगत सङ्कलन कार्य शुरु गरिएको जानकारी दिए ।

“विदेशबाट आउने व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नका लागि लगत सङ्कलन शुरु गरेका हौँ”, उनले भने ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०७७\७८ को बजेट वक्तव्य प्रस्तुत गर्दै विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने बताए ।

सरकारले स्वेदश फर्कन चाहने व्यक्तिको नामथर, स्थायी ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको बसोबास रहेको देशको ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको नेपालमा रहेका आफन्तको नामथर र सम्पर्क नम्बर उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

चन्द्रागिरिले हाल नगर अस्पताल, मनमोहन अस्पताल र विभिन्न विद्यालयमा १०० श्ययाको क्वारेन्टिन निर्माण गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको सहकार्यमा कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । चन्द्रागिरिमा पाँच जना कोरोना सङ्क्रमण भेटिए पनि सबै व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय