scheduleसोमवार आषाढ़ २९ गते, २०७७

तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट

तनहुँ, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७\७८ का लागि तनहुँ जिल्लालाई तीन अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गरेकाे बजेटमा तनहुँका लागि तीन अर्ब ८० करोड ७८ लाख विनियोजन भएको छ ।

दश स्थानीय तह रहेको तनहुँले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानवापत रकम प्राप्त गरेका छन् । तनहुँले आगामी वर्षका लागि १० करोड रुपैयाँ बढी बजेट प्राप्त गरेको छ । गत आर्थिक वर्षमा तनहुँ जिल्लाका स्थानीय तहले तीन अर्ब ७० करोड रुपैयाँ बजेट प्राप्त गरेको थियो ।

वित्तीय समानीकरणअन्तर्गत प्राप्त बजेटबाट स्थानीय तहले परिषद्बाट योजना पारित गरी कार्यान्वयन गर्नुपर्छ । सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटले कर्मचारी र शिक्षकहरूको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता र स्थानीय तहको प्रशासनिक खर्चमा कार्यान्वयन गर्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय