scheduleआइतवार आषाढ़ २८ गते, २०७७

ट्विटरमा अब शेड्युल पोस्टको सुविधा

एजेन्सी, १७ जेठ । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्ना प्रयोगकर्ताहरुका लागि बन्दाबन्दीकै बीचमा एउटा उपहार दिएको छ । ट्विटरको वेब भर्सनमा यो फिचर संसारका सबै प्रयोगकर्ताले उपयोग गर्न पाउनेछन् । यसअघि शेड्युल पोस्ट गर्ने सुविधा ट्वीटडेकबाट मात्र सम्भव थियो ।

 

ट्विटरको डेस्कटप भर्सनमा अब फोटो, जिफ, पोल र इमोजीसँगै एक क्यालेन्डरको पनि आइडक देख्न सक्नुहुन्छ । यहाँ क्लिक गरेपछि तपाईंले कुनै ट्वीटलाई शेड्युल गर्न सक्नुहुन्छ । यसपछि तपाईंले रोज्नुभएको समयमा तपाईंको ट्वीट पोस्ट हुनेछ । यो फिचरको प्रयोग ट्वीटरले गत वर्ष नोभेम्बरमा नै गरेको थियो ।

ट्विटरले हालसालै एक नयाँ फिचरको परीक्षण पनि सुरु गरेको छ । यो परीक्षण सफल भएपछि कुनै ट्वीटमाथि कतिजनाले रिप्लाई गर्नसक्ने भन्ने सेटिङ गर्न सकिनेछ । यसको अर्थ कुनै ट्वीटमा कति जनाले रिप्लाई गर्न सक्छन् भन्ने मिलाउने अधिकार अब ट्वीट गर्नेसँग मात्रै हुनेछ ।

अहिलेसम्म कुनै पनि ट्वीटमा जति पनि मानिसले रिप्लाई गर्न सक्छन् ।  ट्वीटरले यो फिचरको परीक्षणबारे एक ट्वीट गर्दै जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय