scheduleमगलवार आषाढ़ २३ गते, २०७७

विद्यार्थीले अर्थमन्त्री र शिक्षामन्त्रीको तस्बिर जलाए

चितवन, १७ जेठ । समाजवादी विद्यार्थी युनियन चितवनले अर्थमन्त्री डा. युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको तस्बिर जलाएका छन् ।

शनिबार चितवनमा विरुद्ध प्रदर्शनका बीच युनियनले मन्त्रीद्वयको तस्बिर जलाएको हो । युनियनको जिल्ला अध्यक्ष अनुज जोशीको नेतृत्वको समूहले पेट्रोलियम पदार्थमा कर थोपरेको, सार्वजनिक विद्यालयको गुणस्तर बढाउने बहानामा निजीलाई सुम्पिन खोजेको भन्दै सांकेतिक विरोधस्वरुप मन्त्रीद्वयको तस्बिर जलाएको युनियनको केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए ।

‘संविधानको भावनाविरुद्ध सरकारले जनविरोधी कदम उठाएको छ,’ प्रदर्शनमा सहभागी अनुज जोशीले भने, ‘यो नसच्याए लकडाउन खोलेपछि आन्दोलनले सडक तताउनेछौं ।’

सरकारले सामुदायिक विद्यालय सुधार्न निजी विद्यालयलाई जिम्मा दिने निर्णय गरेको भन्दै आलोचना भइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय