scheduleमगलवार आषाढ़ २३ गते, २०७७

एकजना पनि कोरोनाबाट नगुमाएको ९.७ करोड जनसंख्या भएको भियतनामको कथा


हनोई, १७ जेठ । संसारभरी महामारीको रुप लिएको कोरोना भाइरसले संसारका सयौं देशहरुलाई प्रभावित बनाएको छ । तर, ९.७ करोडभन्दा बढी जनसंख्या भएको देश भियतनाममा भने अहिलेसम्म एकजनाको पनि कोरोनाको कारण मृत्यू भएको छैन ।

शनिबारसम्म त्यहाँ केवल ३२८ जना संक्रमित भेटिएका छन् । भियतनाममा धेरैजसो जनसंख्या न्यून मध्यम वर्गका छन् । यहाँको स्वास्थ्य सेवा अमेरिका, यूरोपजस्ता विकसित राष्ट्रभन्दा कमजोर नै छ ।

विश्व बैंकका अनुसार भियतनाममा १० हजार नागरिकलाई ८ डाक्टर उपलब्ध छन् । जबकि दक्षिण कोरियामा यो संख्या २४ छ ।

भियतनामले कोरोना विरुद्धको लडाईमा सावधानीका कारण सफलता हासिल गरेको हो । उसले सुरुमै तीन हप्ताका लागि लकडाउन घोषणा गर्‍यो । अप्रिलको अन्तिममा देशको अवस्था समीक्षा गरेर लकडाउन हटाइदिएको छ । लकडाउन हटाएपछि ४० दिनसम्म कुनै संक्रमण भेटिएन ।

भियतनाममा विद्यालय पुनः खोल्न थालिएको छ । जनजीवन सामान्य छ । यसको लागि त्यहाँको नेतृत्वले अपनाएको तरिका गज्जब छ । उसले सुरुमै चीनसँगकै सबै सिमाना बन्द गर्‍यो । यो एकदमै सुरुवाती अवस्थाको कुरा हो जतिबेला विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने पुष्टि गरेको थियो ।
जतिबेला नेपालमा पर्यटन वर्षको तयारी भइरहेको थियो, त्यतिबेला त्यहाँ सावधानीका सबै उपायहरु अपनाइएको थियो । उसले विश्व स्वास्थ्य संगठनको निर्देशन पनि कुरेन । तापक्रम अलिकति बढी भेट्नासाथ उसले नागरिकलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न थालिहाल्यो ।

उसले जनवरीको अन्तिमबाट नै चीनसँग सम्पर्क तोडिसकेको थियो । किनकि भियतनाममा पहिलो केस २३ जनवरीमा देखिइएको थियो । त्यहाँ सरकारले नयाँ वर्षको सुरुवातमै कोरोनाविरुद्धको युघ घोषणा गरे । यसपछि देशका सबै सीमा नाका बन्द भए । विमानस्थल बन्द गरिए र हरेक स्थानमा थर्मल स्क्रिनिङ अनिवार्य गरियो ।

भियतनामले कोरोना नियन्त्रणको लागि एक राष्ट्रिय समिति पनि गठन गर्‍यो । १ फेब्रुअरीमै भियतनामले कोरोनालाई राष्ट्रिय महामारी घोषणा गरिदियो । त्यतिबेलासम्म भियतनाममा केवल ६ जना संक्रमित भेटिएका थिए ।

त्यहाँ कोरोना नियन्त्रणका लागि सरकारी सफलताको राज कन्ट्याक्ट ट्रेसिङमा सरकारी जोडसँग पनि जोडिएको छ । संक्रमितसँग जोडिएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्न उसले कुनै सम्झौता गरेर ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय