scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कोरोनाले मृत्यु भएका व्यक्तिको मलामी गएका ४० जनाको रिपोर्ट ‘नेगेटिभ’

बारा, १७ जेठ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धको अन्त्यष्टीमा सहभागी ४० जनामा संक्रमण नभएको पाईएको छ । परिवारले धार्मीक परम्परा अनुसार दाहसंस्कार गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्यसहित ५७ जनाको परीक्षण गरिएको थियो ।

यसमध्ये ४० जनाको द्रुत विधिमार्फत् र १७ जनाको पिसिआर विधिमार्फत् परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । द्रुत विधिमार्फत परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको र पिसिआर परीक्षण गरिएका १७ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा गत जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ उम्जनका ७० वर्षीय बृद्धमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर मृत्यु भएकै दिन अस्पतालले शव परिवारको जिम्मा लगाएपछि सोही दिन अन्यष्टी समेत गरिसकिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय