scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सर्लाहीमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६१ पुग्यो

एसपी यादव/सर्लाही, १७ जेठ । शनिबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वादेखि दक्षिण पश्चिम क्षेत्रको भारतीय सिमानाकासंग जोडिएको विष्णु गाउपालिकाका ४ जना, कौडेना गाउँपालिकाका १ जना र सदरमुकाम मलङ्ग्वा देखि पुर्वामा पर्ने पर्सा गाउपालिकाका १२ जना गरि जम्मा १७ जनामा कोरोना भाइरसको संक्रमण रहेको प्रजिअ जिसिले बताए ।

विष्णु गाउँपालिका वडा नं.२ का उमेर नखुलेका एकजना र वडा नं ५ का १६, २८, १८ वर्षीय रहेका छन् । त्यसैगरी कौडेना गाउँपालिकाका १८ वर्षीय युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्सा गाउँपालिकाका १६ , १७, १९ , २१, २४, २४, २७, २८, ३३, ३३, ४० वर्षीय पुरुष र १८ वर्षीया महिला रहेकी छिन् ।

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाही स्थित आ-आफ्नो गाउपालिकामा आएका थिए ।

प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र गपाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ, र हाल उनिहरुलाई नपाको आइसोलेशन वार्डमा ल्याउने तयारी भइरहएको जनाएका छन् ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ६१ पुगेको छ । यसअघि सर्लाहीमा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय