scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

बायर्न म्युनिखको सानदार जित

काठमाडौँ, १८ जेठ । जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखले फोर्टुना डुसलडोर्फलाई ५-० गोलले पराजित गर्न सफल भएको छ । अन्तरले पराजित गरेको हो । बायर्नलाई सानदार जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे ।

डुसलडोर्फका माथिआस जोर्गेनसनको खेलको १५ औं मिनेटमा आत्मघाती गोल गरे ।

खेलको २९ औं मिनेटमा पाभर्डले गोल गरे । खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । पहिलो हाफमा नै बायर्नले तीन गोलको अग्रता बनायो भने दोस्रो हाफमा पनि उत्तिकै दबदबा कायम राख्न सफल भयो ।

खेलको ५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५२ औं मिनेटमा डेभिसले गोल गरे ।

यो जितसँगै बायर्नले डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाउन सफल भएको छ । शिर्षस्थानमा रहेको बायर्नले २९ खेलमा ६७ अंक रहेको छ । पराजित डुसलडोर्फ २७ अंकका साथ लिगको १३ औं स्थानमा छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय