scheduleआइतवार आश्विन ११ गते, २०७७

भारतमा कोरोना भाइरस, एकैदिन २०५ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ जेठ । भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै २०५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार १८५ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार शनिबारमात्रै ८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ८१ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

झण्डै ८७ हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको सशक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गरेका हुन् ।

मोदीले एनडीए नेतृत्वको केन्द्रीय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक बर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पुर्‍याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय