scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

गुल्मीमा क्वारेन्टिनमा बसेका परियारले गरे आत्महत्या


काठमाडौं, १८ जेठ । गुल्मीमा क्वरेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । शनिवार भारतबाट घर फर्केका उनलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टिनमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले उनी शनिवार बेलुका शाौचालय जान क्वरेन्टिनबाट बाहिर निस्किएका र ढिलोसम्म नफर्केपछि खोज्दै जानेक्रममा क्वारेन्टिन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा शव जाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमको तयारी भइरहेको खड्काले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय