scheduleसोमवार आषाढ़ २२ गते, २०७७

‘लिभरपुलले राम्रो रकम पाए सलाह र माने पनि बेच्न सक्छ’

काठमाडौँ, १८ जेठ । लिभरपुलले राम्रो रकमको अफर पाए फरवार्ड मोहमम्द सलाह र साडियो मानेलाई बेच्न सक्ने जोन बार्नेसले बताएका छन् । लिभरपुलमा अनुबन्ध भएपछि लगातार सन्तुलित खेल प्रदर्शन गर्न सफल उनीहरुलाई पछिल्लो समय बार्सिलोना र रियल मड्रिडले समेत अनुबन्ध गर्न चाहेको छ ।

बार्नेसका अनुसार पछिल्लो समय सबै क्लबहरु राम्रो रकम पाए खेलाडीहरु बेच्न पछि पर्दैनन् ।

बार्सिलोनाजस्तो क्लबले समेत नेयमार बेचेको उनले बताए ।

बार्सिलोना र रियल मड्रिड खेलाडी राख्नेभन्दा पनि राम्रो रकम पाए बेच्ने कल्चर सुरु गरेको उनले बताए ।

लिभरपुलले त झन् विगतमा आफ्ना स्टार खेलाडीहरु बेचेको उदाहरण धेरै रहेका छन् ।

लिभरपुलले फर्नानण्डो टोरेज, लुइज स्वारेज, फिलिपिन्हो कोटिन्हो, रहिम स्टलिंग जस्ता खेलाडीहरु बेचेको थियो ।

भविष्यमा पनि राम्रो रकम पाए लिभरपुल खेलाडी बेच्न पछि नपर्ने उनले बताएका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय