scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

यो वर्षको अन्त्यसम्ममा कोभिड–१९ खोप तयार हुने चीनको दाबी

काठमाडौँ, १८ जेठ । विश्वभर कोरोना भाइरसका कारण भयावह स्थिति रहेको छ । कोरोना भाइरसविरुद्ध विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन बनाउन व्यस्त रहेका छन् । विश्वभरका १५० भन्दा बढी वैज्ञानिकहरुको समुह भ्याक्सिन बनाउन लागि परेका छन् ।

यसबीच भ्याक्सिनबारे विभिन्न खबर बाहिर आए पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन भने वैज्ञानिकहरु सफल भएका छैनन् ।

परीक्षण चलिरहेको बताइए पनि त्यसले ठोस काम गरेको पुष्टि भने हुन सकेको छैन । यसैबीच चीनले यस वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन विश्व बजारमा ल्याउने खबर बाहिर आएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले  वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन बनाइरहेको र पहिलो परीक्षण सकिएको जानकारी दिएको हाे ।

उक्त भ्याक्सिनको दोस्रो परीक्षण प्रक्रिया सुरु भएको समेत परिषदले जानकारी दिएको छ ।

हालसम्म विश्वभर ६१ लाख ५६ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै कोरोनाका कारण ३ लाख ७० हजारभन्दा बढकिो मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय