scheduleशनिवार आषाढ़ २० गते, २०७७

प्रिमियर लिगः पछिल्लो चरणको कोरोना परीक्षणमा एकजनामा पनि संक्रमण देखिएन

काठमाडौँ, १८ जेठ । मार्चबाट स्थगित रहेको प्रिमियर लिग जुन १७ बाट सुरु हुने तय भइसकेको छ । यसै क्रममा प्रिमियर लिगका खेलाडी र पदाधिकारीहरुको विभिन्न चरणमा कोरोना परीक्षण भइराखेको छ । पछिल्लो कोरोना परीक्षण रिपोर्ट अनुसार एक जनामा पनि संक्रमण नदेखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसअघि भएको परीक्षणमा प्रिमियर लिगका १२ जना र इएफएलका १७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रिमियर लिगले एक विज्ञप्ति जारी गर्दे भनेको छ,’मे २८ र २९ मा ११३० जनाको कोरोना परीक्षण भएको थियो । उक्त परीक्षणमा एक जनामा पनि कोरोना संक्रमण देखिएन ।’

यो रिपोर्टसँगै खेल हुने सम्भावना बलियो हुँदै गएको बताइएको छ । केही समिक्षकहरुले कोरोना संक्रमण यही अवस्था रहे प्रिमियर लिग स्थगित हुने सम्भावना रहेको बताएका थिए । जुन १७ बाट प्रिमियर लिग सुरु हुने तयारी भइरहँदा यो रिपोर्टले उत्साह थपेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय