scheduleआइतवार आषाढ़ २८ गते, २०७७

खुल्यो संविधान संशोधनको बाट्यो, यसरी अगाडि बढ्दैछ प्रक्रिया (भिडियोसहित)

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधनको बाटो खुलेको छ । लिम्पियाधुरा सम्मको भूभाग समेटिएको नक्साअनुसार देशको निसान छापमा परिमार्जन गर्न सरकारले दर्ता गराएको प्रस्ताव पारित हुने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरेर संशोधनमा साथ दिन आग्रह गर्दा काँग्रेसेले आफ्नो पार्टीको बैठकसम्मको निम्ति समय माग गरेको थियो । सरकारले निशान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेस गरेकी छिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गरेकी हुन् । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शून्य समय सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूचि अनुसार उनले प्रस्ताव पेश गरेकी हुन् ।

यसअघि शनिबार बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिए ।

उता, राष्ट्रिय जनता पार्टीले भने आफूहरुले उठाएको संविधानको संशोधनको मुद्दा सम्बोधन नगरेको भन्दै अहिले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । उता, समाजवादी पार्टीले भने प्रस्तावको पक्षमा मतदान गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय