scheduleमगलवार आषाढ़ २३ गते, २०७७

आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यू

प्रतिकात्मक तस्बिर

बझाङ, १८ जेठ । बाजुरामा कोरोना आशंकामा आइसोलेसनमा उपचाररत एक बालिकाको मृत्यू भएको छ । सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको २ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुढीगंगा नगरपालिका–१ घर भएकी बालिकालाई जेठ १५ गतेबाट आइसोलेसनमा राखेर उपचार गरिँदै आइएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् ।

‘अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुको प्रतिक्रिया छ । मृतक बालिकाको स्वाब संकलन गरिएको र रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा आफ्ना बाबुआमासँगै बसेकी बालिकाका अभिभावकको पनि स्वाब संकलन गरिएको छ । उक्त परिवार ८ दिन अघि भारतबाट आएको थियो ।

यसैबीच शनिबार राति डडेलधुराको क्वारेन्टाइनमा राखिएका अर्का बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय