scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ड्रोनबाट कोरोनाबारे सचेतना

भक्तपुर, १८ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ड्रोन मार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं. १ लोकन्थलीबाट ड्रोनले उडाएर कोरोना सम्बन्धी जनचेतना फैलाउन सुरु गरेको हो ।

कोरोनाको सङ्क्रमण फैलिरहेको बेला यसलाई रोक्न कोरोनाबाट बच्ने उपाय सहितको अडियो रेकर्ड राखेर ड्रोन उडाएर टोल टोलमा जनचेतना फैलाउन सुरु गरेको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । ड्रोन उडाएर जनचेतना फैलाएको मध्यपुरथिमि नगरपालिकाका प्रमुखमदन सुन्दर श्रेष्ठ लगायत जनप्रतिनिधीहरुले अवलोकन गरेका थिए ।

लकडाउनको समयमा जथाभावी बजार खुलेको, जथाभावी मानिसहरु बाहिर निस्कन थालेको पाईएपछि ड्रोन मार्फत जनचेतना फैलाउन सुरु गरिएको उनले बताए । यसबाट घरघरमा जान नपर्ने र ड्रोन देखेपछि चासो दिएर स्थानीयले हेर्ने र सुन्ने भएकाले यो माध्यम प्रभावकारी मानिएको छ ।

ललितपुरको कुपन्डोल स्थित पोकुरा ईनोभेसन प्रा.लि.का गोकर्णजङ्ग थापाको नेतृत्वमा इन्जिनियर राम खनाल, शुशिल खड्का र साजन अमात्यको टोलीले निःशुल्क रुपमा ड्रोन उडाएर जनचेतना फैलाएको हो । यस्तै ड्रोन आइतबार पनि उडाईने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय