scheduleआइतवार आषाढ़ २८ गते, २०७७

भारतमा लकडाउन लम्ब्याइयो तर खुलुलो बनाएर

नयाँ दिल्ली, १८ जेठ । भारतमा पाँचौ चरणको लकडाउन एक महिनाका लागि थपिएको छ । भारत सरकारले पाँचौं चरणको लकडाउन जुन ३० तारिख अर्थात् असार १६ गतेसम्मका लागि थप गरेको हो ।

तर, भारतमा पाँचौ पटकको लकडाउनको समयावधिमा सरकारले विभिन्न कुरामा छुट दिने निर्णय गरेको छ । जसमा कोरोना प्रभावित राज्य र क्षेत्र बाहेक अन्य क्षेत्रमा चरणवद्ध रुपमा धार्मिक स्थल, होटल, रेस्टुरेन्ट, किनमेल केन्द्र, शैक्षिक संस्था, तालिम केन्द्र लगायतका खोलिने छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय ६ देखि ७ हजारका दरले बढ्दै गएको छ । हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । भाइरसका कारण ४ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय