scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

अर्थमन्त्री कसरी अगाडि बढेका हुन् ? थाहा हुन सकेनः डा. रिजाल

काठमाडौं, १८ जेठ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सरकारले प्रस्तुत गरेको बजेटको आलोचना गरेका छन् । उनले बजेट सुरुमा ठिकै लागे पनि मिहिन रुपमा हेर्दै जाँदा ठिक नलागेको प्रतिक्रिया दिए ।

आइतबार संसदमा बजेटमाथि छलफल गर्दै उनले भने, ‘सारा विश्वले शताब्दियताको संकट बोकिरहेको छ, तर नेपाल सरकारका अर्थमन्त्री कसरी अघि बढिरहेका छन्, थाहा हुन सकेन ।’

उनको प्रश्न थियो, ‘पुँजीगत खर्चका लागि स्रोत साधन नपुग्ने गरी बजेट विनियोजन किन गरियो ?’

अर्थमन्त्रीले बिना अध्ययन बजेट विनियोजन गरेको टिप्पणी गरे । ‘विद्वान अर्थमन्त्रीले ८३ पेजको दस्तावेज त्यत्तिकै ल्याउनुभयो भन्ने लाग्दैन,’ नेता रिजालले भने, ‘तर धेरै ठाउँमा बिना अध्ययन बजेट विनियोजन गरिएको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय