scheduleमगलवार आषाढ़ २३ गते, २०७७

प्रदेश २ मा ६० संक्रमित थपिए, कुल संक्रमितको संख्या ६०९ पुग्यो

जनकपुर, १८ जेठ । प्रदेश २ मा आइतबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएकव छ । सामाजिक विकास मन्त्रालयका अनुसार यससँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् । रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।

मन्त्रालयका अनुसार धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेका छन् ।

सर्लाहीमा थपिएका संक्रमितमध्ये हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ जना छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय