scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

टिभी च्यानल लक्षित गर्दै विष्फोट, पत्रकारसहित दुईको मृत्यू

काबुल, १८ जेठ । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले उक्त घटनामा टिभीका अरु छ जना कर्मचारी घाइते भएका जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अफगानिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताएका छन् । आतंकवादी यस कार्यको विस्तृत अनुसन्धान गर्न उनले सरकारी अनुसन्धान निकायहरुलाई अनुरोध पनि गरेका छन् ।

अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि उक्त घटनाको निन्दा एवं भर्त्सना गरेका छन् ।

उनले खुर्शिद टिभीमाथि भएको यस किसिमको आततायी र कायरतापूर्ण कार्यको अफगान सरकारले घोर भत्र्सना गर्दछ भनेका छन् । प्रवक्ता सेद्दीकीले अफगान सरकार संचार माध्यमको पक्षमा लगातार उभिइरहने बताएका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय