scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

शल्यक्रियाको दुई दिनपछि सुत्केरीको मृत्यू


विमलबहादुर विष्ट/डोटी, १८ जेठ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् । मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय