scheduleसोमवार आषाढ़ २२ गते, २०७७

नयाँ १६६ जनामा कोरोना संक्रमण भेटियो, कुल संक्रमित १५६७ जना पुगे

काठमाडौं, १८ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार नया संक्रमितमा १६२ जना पुरुष ४ जना महिला रहेका छन् ।

कुल संक्रमितमध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।

देवकोटाका अनुसार नेपालमा हालसम्म ६९ हजार ५८२ पिसिआर परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १०९ परीक्षण सकिएको छ ।

नेपालमा १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने १३३९ जना आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म निको भएर घर फर्कनेको संख्या २२० पुगेको छ भने मृतकको संख्या ८ रहेको छ । अन्य मृत्यू भएकाहरुको परीक्षण भइरहेको र अन्तिम नतिजा नआइसकेको जानकारी दिए ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो ।

मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय