scheduleमगलवार आषाढ़ २३ गते, २०७७

आरडिटी पोजिटिभ मानिसलाई भैंसीगोठमा राखियो

दैलेख, १८ जेठ । जिल्लाको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । आइसोलेसन नभएपछि उनीहरुलाई त्यसरी गोठमा राखिएको हो ।

आरडिटी परीक्षणअघि उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । परीक्षणमा पोजेटिभ भेटिएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टका अनुसार आइसोलेसन नभएको र क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा गोठमा पठाइएको हो ।

एक्कासी धेरै मानिस आएपछि व्यवस्थापनमा कठिनाई भएको उनको गुनासो छ । एउटै कोठामा ५० जना राख्दा पनि व्यवस्थापन कठिन भइरहेको स्थानीय सरकारको गुनासो छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय