scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कांग्रेस नेता चौधरीको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

चौधरीको आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ वर्षको उमरेमा निधन भएको थियो ।

सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय