scheduleमगलवार आषाढ़ २३ गते, २०७७

छोरीको मृत्यू, आमा संक्रमित, बाबुको नतिजा नेगेटिभ

बाजुरा, १८ जेठ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको बालिका कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको हो ।

उनको स्वाब संकलन गरी सेति प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आइतबार दिउँसो आएको रिपोर्टअनुसार उनको कोरोनाका कारणले मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकी २३ बर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ ।

मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनैजनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो ।

दुई वर्षका बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या देखिएको थियो । यसैबीच, वालिकाको कोरोनाका कारण मृत्यु र आमा पनि संक्रमित देखिएसँगै बुढीगंगा नगरपालिका १ को धुरालसैन मावि सिल गर्ने निर्णय भएको छ ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बसेको बैठकले सो निणर्य गरेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय