चीनको दावी- कोरोना भाइरस वुहानको जंगली जनावरको बजारबाट फैलिएको होइन्
एजेन्सी, १८ जेठ । चीन सरकारले विश्वभर फैलिएको कोरोना भाइरस वुहानको जंगली जनावरको बजारबाट नफैलिएको बताएको छ ।
चीनको केन्द्रीय रोग नियन्त्रण एवं रोकथामका निर्देशक गाओ फूले वुहानमा रहेको जंगली जनावरको बजारबाट कोरोना भाइरसको संक्रमण नैफलिएको दावी गरेका हुन् ।
सुरुमा समुद्री खाद्यपदार्थको बजारबाट कोरोना भाइरस फैलिएको हुन सक्ने अनुमान गरिएको भएपनि त्यहाँ पहिलेदेखि नै कोरोना भाइरस रहेको उनको भनाइ छ । गाओले कोरोना भाइरसलाई लिएर चीनमाथि विभिन्न मुलुकले भाइरस फैलाएको आरोप लगाएपनि त्यसको सत्यता पत्ता लगाउन चीन सरकार आफैं सक्रिय भएर अनुसन्धानमा जुटेको जानकारी दिए ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको उत्पतिबारे अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान जारी रहेको छ । अमेरिका लगायत युरोपेली मुलुकहरुले कोरोना भाइरस चीनबाट फैलिएको भन्दै यसको क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै आइरहेका छन् ।