scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सर्लाहीमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७१ पुग्यो

एसपी यादव/सर्लाही, १८ जेठ । आइतबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वादेखि उत्तरी क्षेत्रमा पर्ने हरिपुर नगरपालिकामा ७ जना र सदरमुकाम देखि पुर्व उत्तरमा पर्ने ब्रम्हपुरी गाउँपालिकामा तीनजना गरी जम्मा १० जनामा कोरोना भाइरसको संक्रमण रहेको प्रजिअ जिसीले बताए ।

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाही स्थित आआफ्नो पालिकामा आएका थिए ।

प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ, र हाल उनिहरुलाई व्यवस्थापन गर्ने कार्य भइरहएको जनाएका छन् ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ७१ पुगेको छ । यसअघि सर्लाहीमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय