scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

निजी कम्पनीले पहिलोपटक प्रक्षेपण गर्‍यो मानवसहितको यान, भावुक भए मालिक एलन मस्क


एजेन्सी, १९ जेठ । अन्तरिक्ष यात्राको इतिहासमा नयाँ अध्याय सुरु गर्दै एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा बनाइएको अन्तरिक्ष यान ड्रैगन क्रू क्यापसूलले नासाको दुई अन्तरिक्ष यात्रीलाई लिएर अन्तराष्ट्रिय स्पेस स्टेशन आइएसएसको लागि उडेको छ ।

करिब १९ घण्टाको यात्रापछि अन्तरिक्षयात्री आइएसएस पुगेका छन् । मिसनको सफलतापछि कम्पनीका मालिक मस्कको अनुहारमा उत्साह देखिन थालेको थियो ।

कुनै पनि निजी कम्पनीले अन्तरिक्षयात्रीलाई अन्तरिक्षणमा प्रक्षेपण इतिहासमा नै यो पहिलोपटक हो ।

मिसनको सफलतापछि एलनले दुबै हात हावामा फैलाएको देखियो । केनेडी स्पेस स्टेसनदेखि फाल्कन नाइन रकेटमा नासा दुई अन्तरिक्षयात्रीलाई सफलतापूर्वक आइएसएसमा पुर्‍याएपछि उनी निकै भावुक देखिए । यो प्रक्षेपण अर्को कारणले पनि महत्वपूर्ण । किनभने यो प्रक्षेपण अमेरिकी भूमिबाट एकदशकपछि पहिलोपटक मानवसहितको यानलाई अन्तरिक्ष कक्षमा पठाईंदैछ ।

स्पेसएक्स क्रू ड्रैगन अन्तरिक्षयानले नासाको केनेडी अन्तरिक्ष केन्द्रको प्रक्षेपण परिसरबाट कम्पनीको फाल्कन नाइन रकेटको माध्यमबाट नासाका दुई अन्तरिक्षयात्रीहरु ४९ वर्षिय बब बेह्नकेन र ५३ वर्षिय डग हर्लीलाई लिएर २ बजेर २२ मिनेटमा उडान भरेको थियो ।

यससँगै मानिसलाई पहिलोपटक अर्बिट अर्थात् कक्षमा पठाउने स्पेसएक्स पहिलो निजी कम्पनी बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय