scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, १९ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदली रही देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ ।

दिउँसोः देशको पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय