scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

पार्डाबोनविरुद्ध बोरुसिया डर्टमण्डले हान्यो ६ गोल

काठमाडौँ, १९ जेठ । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले पार्डाबोनविरुद्ध गोलको वर्षात् गरेको छ । डर्टमण्डले पार्डाबोनलाई ६-१ गोलले पराजित गरेको हो । डर्टमण्डलाई सानदार जित दिलाउन जाडोन सान्चोले ह्याट्रिक गरे । त्यस्तै थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गर्न सफल भए । पुरै खेल अवधिभर निकै दबाबमा रहेको पार्डाबोनका लागि एकमात्र गोल उवे हुएनेमिरले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा भने डोर्टमण्डलाई पार्डाबोनले रोक्न सकेन । डर्टमण्डका लागि खेलको ५४ औं मिनेटमा हाजार्ड गोल गरे । खेलको ५७ औं मिनेटमा सान्चोले गोल गरे ।

खेलको ७२ औं मिनेटमा पार्डाबोनका लागि हुएनेमिरले पेनाल्टीमार्फत गोल गरे । तर, खेलको ७४ औं मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८५ औं मिनेटमा हाकिमीले गोल गरे । खेलको ८९ औं मिनेटमा स्मेल्जरले गोल गरे ।

अन्तिम समयमा सान्चाले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यो जितसँगै डर्टमण्डको २९ खेलमा ६० अंक भएको छ । शिर्षस्थानमा रहेको बायर्नको ६७ अंक रहेको छ ।

पार्डाबोनको १९ अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय