scheduleमगलवार आषाढ़ २३ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन ६३८ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, १९ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ६३८ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ६ हजार १९५ पुगेको छ ।

त्यस्तै आइतबार झण्डै २० हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १८ लाख ३६ हजारभन्दा बढी पुगेको छ ।

५ लाख ९९ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् ।

यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।

सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिनुभयो । अहिले जी७ को संरचना नै “पुरानो र असान्दर्भिक” भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।

अमेरिकी संचार माध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि ७ समूहले सम्बोधन गर्न सक्दैन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय