scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ब्राजिलमा एकैदिन ४८० जनाभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाए

काठमाडौँ, १९ जेठ । ब्राजिलमा एकैदिन ४८० जनाभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म २९ हजार ३१४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । आइतबारमात्रै १६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या ५ लाख १४ हजार पुगेको छ । त्यस्तै २ लाख ६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसका कारण भयावह स्थिति सिर्जना भएको छ । एकदैनिक हजारौँ संक्रमित फेला पर्न थालेपछि उपचारका लागि समेत समस्या सुरु भएको छ ।

सरकारले यो महामारीको अवस्थामा उपचार पनि दिन नसकेको भन्दै अधिकारीहरुले आलोचना गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय