scheduleशनिवार आषाढ़ २० गते, २०७७

इकार्दी पिएसजीमा अनुबन्ध

काठमाडौँ, १९ जेठ । पिएसजीले लोनमा अनुबन्ध गरेका खेलाडी मउरो इकार्दीलाई स्थायी रुपमा नै अनुबन्ध गरेको छ । यस सिजनको अन्त्यमा इडिसन काभानीले क्लब छोड्ने सम्भावना अधिक भएसँगै उनलाई क्लबले अनुबन्ध गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई क्लबले ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।

गएको सिजन उच्च फर्ममा देखिएका उनको खेलदेखि क्लब निकै प्रभावित रहेको थियो ।

इन्टर मिलानमा खासै राम्रो सम्बन्ध नभएका कारण पनि उनी पिएसजीमै रहन चाहेका थिए । अन्ततः क्लबले उनलाई स्थायी रुपमा नै अनुबन्ध गर्न सफल भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय