scheduleमगलवार आषाढ़ २३ गते, २०७७

रनवीर र आलिया, वरुण र नताशाले सन् २०२१ मा विवाह गर्ने !

काठमाडौँ, १९ जेठ । बलिउडका चर्चित अभिनेता रनवीर कपुर र वरुण धावनले सन् २०२० मा विवाह गर्ने तयारीमा रहेका थिए । तर, कोरोना महामारीका कारण उनीहरुले विवाहको मिति सारेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनीहरुले सन् २०२१ मा विवाह गर्ने भएका छन् । रनवीर कपुर र आलिया भट केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

उनीहरुले यसै वर्ष विवाहको तयारी गरेको खबर पनि बाहिर आएको थियो ।

तर, रनवीर कपुरका पिता ऋषि कपुरको असामायिक निधन र कोरोना महामारीले उनीहरुको विवाह हुन पाएन । त्यस्तै वरुण धावनको विवाहको मिति समेत तय भएको थियो ।

तर, महामारीका कारण उनीहरुको विवाह पनि आउने वर्ष गर्ने तयारी भएको बताइएको छ । वरुण र नताशा दलालबीच केही वर्ष अगाडि इन्गेजमेन्ट भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय