scheduleमगलवार आषाढ़ २३ गते, २०७७

बाँके दुर्घटनामा मृत्यु भएका १२ जनाकै कोरोना परीक्षण सुरु

नेपालगञ्ज, १९ जेठ । बाँकेमा गाडी दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन लागि परीक्षण सुरु गरिएको छ ।

मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न थालेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए ।

स्वाब लिने काम सुरु भएको र कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव हस्तान्तरण गरिने उनले बताए ।

शवको सनाखत हुन सकेको छैन । भारतबाट आएकाले उनीहरुमा कोरोनाको जाखिम रहेको छ । घाइतेहरुको पनि त्यही उपचार भइरहेको छ ।

भारतका विभिन्न शहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा दुर्घटनामा परेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय