scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

बाँके दुर्घटनामा ज्यान गुमाएकामध्ये २ जनाको परिचय खुल्यो

काठमाडौं, १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २ जनाको परिचय खुलेको छ ।

गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ ।

१० जनाको सनाखत हुन बाँकी छ ।

भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी
पूर्वपश्चिम राजमार्गमा पर्ने जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय