scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

अनुहारमा कालो पोतियो, ऐना नपुछौं, सर्वदलीय संसदीय समिति बनाएर छानबिन गरौंः गगन थापा

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले रुकुम सोती लगायतका देशव्यापीरुपमा भइरहेका अमानवीय घटनाहरुको सर्वदलीय संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न जोडदार माग गरेका छन् ।

सोमबार संसदको बैठकमा बोल्दै उनले भने, ‘अनुहारको दाग अनुहार पुछेर जाँदैन । त्यसैले रुकुम नरसंहार लगायत यो लकडाउनको अवधिमा मात्र जातीय विभेदको कारणले ३२ जनाभन्दा बढी दलितहरुको हत्या, आत्महत्या, बलात्कारका घटनाको छानबिन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु ।’

के भने गगनले ?

संविधानमा स्वतन्त्रताको हक, समानताको हक, आत्मसम्मानपूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हक, दलितको हकसम्म सबै लेख्यौं, कानून बनायौं भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ ।

यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ ।

अनुहारको दाग अनुहार पुछेर जाँदैन । त्यसैले रुकुम नरसंहार लगायत यो लकडाउनको अवधिमा मात्र जातीय विभेदको कारणले ३२ जनाभन्दा बढी दलितहरुको हत्या, आत्महत्या, बलात्कारका घटनाको छानबिन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु ।

र, यो पनि जानकारी गराउँछु- सम्मानित सदनले यो नबनाएसम्म हामी यो मागिरहनेछौं । न्यायको पक्षमा बोलिरहनेछौं । लडिरहनेछौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय