scheduleमगलवार आषाढ़ २३ गते, २०७७

कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यालय खुल्ने, यार्सागुम्बा संकलन गर्न पाइने

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्न पाउने भएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा संकलन र विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।।

भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाई सुर्खेत क्वारेन्टिनमा व्यवस्थापन गर्ने र उनीहरुलाई सम्बन्धित जिल्ला प्रवेश गर्न नदिई यार्सा संकलन र विद्यालय सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

बैठकले संक्रमित तर कुनै लक्षण नेदेखिएका बिरामीलाई तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिनुका साथै सम्भावित जोखिम भएका बिरामीलाई जिल्ला अस्पताल र जटिल अवस्थाका संक्रमित व्यक्तिलाई तोकिएको विशिष्टकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय