scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सरकारी विद्यालयको जिम्मा नीजिलाई दिन खोजिएको हुँदै हाेइन : सरकार

काठमाडाैं, १९ जेठ । अर्थ सरकारी विद्यालय व्यवस्थापनको जिम्मा नीजिलाई दिन खोजिएको कुरा गलत रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

बजेटमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर नीजि विद्यालयले गर्ने उल्लेख भएपछि चौतर्फी विरोध भइरहेको बेलामा उनले नीजिलाई जिम्मेवारी दिन नखोजिएको बताएका हुन् ।

सामाजिक उत्तरदायीत्वमार्फतको एक प्रतिशत रकम बाट नीजि विद्यालयले सरकारी विद्यालयमा सहयोग गर्न चाहेकाले स्विकार गरिएको मात्रै उनले बताए ।

बजेटबारे प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नकाे जवाफ दिँदै उनले नीजि क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको विषय हुँदै नभएको जिकिर गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय