scheduleसोमवार आषाढ़ २२ गते, २०७७

क्वारेन्टाइनबाट फर्कनेले ओड्ने, ओछ्याउने र झुल घर लैजान थालेपछि …

परासी, १९ जेठ । कोरोना महामारीले पश्चिम नवलपरासीमा क्वारेन्टाईनमा बसेकाहरुले घर फर्कँदा ओड्ने ओछ्याउनेसहित सिरानी र झुल आफुसँगै लाने गरेका छन् ।

केहि स्थानीय तहका क्वारेन्टाईनबाट यस्ता सामान झोलामा हाली चोरी गरेर लाने गरेको पाईएको छ भने केहिमा देखीदेखी नै लाने गरेका छन् । क्वारेन्टाईन बसाई पूरा गरेर फर्कंदै गर्दा बस्न सुत्नका लागि उपलब्ध गराईएका म्याट, तन्ना, सिरानी र झुल घर लिएर जाने गर्दा स्थानीय तहहरु हैरानीमा परेका छन् ।

नयाँ व्यक्ति आउनेबित्तिकै किन्नुपर्दा व्ययभार पनि बढेको गुनासो स्थानीय तहहरुको छ । प्रतापपुर गाँउपालिकाले बेलाटारीमा बनाएको क्वारेन्टाईनमा बसेकाले यस्तो सुरुवात गरेपछि, पछि आउनेले पनि सबै समान लान थालेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहाले बताए ।

सुरुमा ७ जना क्वारेन्टाईनबाट घर फर्कदा ओड्ने ओछ्याउने र झुल लिएर गएको र पछि थप १४ जनाले पनि लगेपछि रोक्नै नसकिएको उनले बताए । प्रतिव्यक्ति झन्डै एक हजार खर्च बढेको पनि उनको भनाई छ ।

यस्तै समस्या सुस्ता गाँउपालिकामा पनि रहेको अध्यक्ष रामप्रसाद पाण्डेले बताए । लुकाएर सबै सामान लादा फेरि खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताए । रामग्राम नगरपालिकाले बनाएका क्वारेन्टाईनबाट फर्कनेहरुले पनि चोरी गरी आफुले प्रयोग गर्दै आएको ओड्ने ओछ्याउने घर लाने गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय