scheduleसोमवार आषाढ़ २९ गते, २०७७

प्रदेश २ : थपिए ८२ जना संक्रमित, कुल संख्या ६ सय ९५ पुग्यो

जनकपुर, १९ जेठ । प्रदेश २ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको  परीक्षण सप्तरीको राजगढ गाउपालिकाका १२ जना पुरुष र काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका  ५ जनापुरुष संक्रमित देखिएका हुन् । यस्तै धुलिखेल अस्पतालको परीक्षणमा रौतहटका पौराहा नगरपालिकाका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमित रहेका छन् ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु  त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषमा संक्रमण देखिएको हो ।

सर्लाहीको जनता मावि अगरवा क्वारेन्टाइनका ३२ जना, कविलासी नगरपालिकाका ४ जना र हरिपुर नगरपालिकाका २ जना संक्रमित थपिएका हुन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय