scheduleशनिवार आषाढ़ २७ गते, २०७७

डिस्चार्ज भए भीम अस्पतालका सबै संक्रमित

भैरहवा, १९ जेठ । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।
डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन , भारतिय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।

सङ्क्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् । सङ्क्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। सङ्क्रमणबाट निको भई घर फिर्ता हुन लागेका बिरामीले पनि शुरुमा कोभिड–१९ सङ्क्रमण भएभन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिइएको बताएका छन् । उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गरेका थिए । सङ्क्रमित बिदाइसँंगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय