scheduleसोमवार आषाढ़ २९ गते, २०७७

श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

जलेश्वर, १९ जेठ । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय