scheduleसोमवार आषाढ़ २९ गते, २०७७

नेपालमा कोभिड-१९ : कहाँ कति थपिए संक्रमित ? यस्तो छ जिल्लागत अवस्था

काठमाडाैं, १९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा देशका २१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। कञ्चनपुरकी ११ महीने बालिकासहित २१ जिल्लामा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७, सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जना गरेर पछिल्लो २४ घण्टामा देशैभर २२६ नयाँ संक्रमण पुष्टि भएको हो।

विराटनगरमा भएको परीक्षणमा झापाका २ जना, पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन्।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा, धुलिखेलमा गरिएको परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजिटिभ देखिएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनामध्ये धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजिटिभ देखिएका मध्ये कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरका १÷१ जना रहेका छन् ।

यस्तै, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका ७ जनामा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा संक्रमण देखिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १३८, प्रदेश नम्बर २ मा ५८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै, प्रदेश ५ मा ५७०, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी एक हजार ५६९ जना संक्रमित उपचाररत रहेको बताइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट एक लाख १३ हजार ७५७ जनाको नमुना परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी २ हजार ६४८ जनाको नमूना परीक्षण भएको छ। देशभरी क्वारेन्टाइनमा एक लाख ३३ हजार ९७५ जना रहेको मन्त्रालयले  जनाएको छ।

हालसम्म  देशभरीका विभिन्न अस्पतालमा उपचाररत २२१ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय