scheduleसोमवार आषाढ़ २९ गते, २०७७

तीन वर्षीया बालिकासहित थप १३ जनामा संक्रमण

काठमाडौं, १९ जेठ । सोमबार साँझ कपिलवस्तुका सात जनासहित १३ जनामा संक्रमण पुष्टि भएको  छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।

पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।

त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा यो सँगै संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय